जब उडिरहेका दुई विमान आकाशमा ठोक्किए

जब उडिरहेका दुई विमान आकाशमा ठोक्किए

काठमाडौं, २ साउन । 
संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दिउँसो करिब १२ बजे उक्त दुर्घटना भएको हो ।

दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट मार्फत जानकारी दिएका छ । संघीय उड्डयन प्रशासनले आइतबार दिउँसो ट्राफिक ढाँचामा एकल इन्जिन पाइपर पीए-४६ र एकल इन्जिन सेसना १७२ ठोक्किएको जनाएको छ।

पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ ।