दमन र उत्सवको गाईजात्रा ‘छताछुल्ल’ सार्वजनिक

दमन र उत्सवको गाईजात्रा ‘छताछुल्ल’ सार्वजनिक

काठमाडौं, २५ साउन। 
हास्य कलाकार दमन रुपाखती र उत्सव केसीको लेखन र निर्देशनमा निर्माण भएको गाईजात्रा  ‘छताछुल्ल’ सार्वजनिक भएको छ। 

गाईजात्रामा राजनीतिक, सामाजिक तथा वर्तमान परिवेशका विकृतिले समाज कसरी छताछुल्ल भएको छ भनि हास्यव्यंग्य मार्फत देखाइएको छ । 

‘उत्तम केसी नेपाल र दुर्गा केसी नेपालले निर्माण गरेको गाईजात्रा ‘छताछुल्ल’मा कलाकारहरु दमन रुपाखेती,  सुभाष प्रसाद गजुरेल,  कमलकान्त मैनाली, लक्ष्मणविक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमल्सिना, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुस्मा पान्डे र उत्सव केसी लगायतका कलाकारको अभिनय रहेकोछ छ । 

उक्त गाईजात्रा चुईचुई पारेर नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।