आमा बनेपछि अभिनेत्री गरिमाको खुसी, ‘तिम्रो आगमनले हामी भरिपूर्ण भएका छौं’

आमा बनेपछि अभिनेत्री गरिमाको खुसी, ‘तिम्रो आगमनले हामी भरिपूर्ण भएका छौं’

काठमाडौं, १९ साउन । 
अभिनेत्री गरिमा पन्तलाई पुत्री लाभ भएको छ । 

सामाजिक संजालमा इन्टाग्राममा आफू श्रीमान र छोरीको तस्विर राख्दै उनले आफू आमा बनेको जानकारी दिएकी हुन्।

‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं’, आमा बनेपछि गरिमा लेख्छिन्, ‘छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत !’

केही समयअघि गरिमाको बेबी बम्पका तस्विर चर्चित भएका थिए ।

गरिमा बिहेपछि श्रीमानसँग बेल्जियममा बस्दै आइरहेकी छिन् । गरिमाले बेल्जियमस्थित नेपाली व्यवसायी हरि शर्मा थपलियासँग बिवाह गरेकी हुन्।
 
दर्जनबढी चलचित्रमा काम गरेकी गरिमाले चलचित्र ‘झोला’ बाट राष्ट्रिय एंव अन्तराष्ट्रिय पुरस्कार हात पारेकी छन् ।