पप गायिका ब्रिटनीको पक्षमा अदालतको फैसला, पिताबाट पाइन छुटकारा

पप गायिका ब्रिटनीको पक्षमा अदालतको फैसला, पिताबाट पाइन छुटकारा

काठमाडौं, १४ असोज । 
हलिउड पप गायिका ब्रिटनी स्पीयर्स विगत लामो समयदेखि पिता जेमी स्पीयर्सको संरक्षकत्वको मामलालाई लिएर चर्चामा छिन् । 

अब भने लसएञ्जल्सको अदालतले जेमीलाई आफ्नो छोरीको अभिभावक पदबाट हटाएको छ । जसकारण बाबुछोरीबीचको कानूनी लडाईं समाप्त भएको छ ।

‘जेमी स्पीयर्सलाई तत्काल कन्जरभेटरको रुपबाट हटाइएको छ र गायिकाको सर्वोत्तम हितमा एक अस्थायी संरक्षकका रुपमा परिवर्तन गरिएको छ’ न्यायधिश ब्रेण्डा पेनीले भनेका छन् । यो वर्षको अन्त्यसम्ममा कन्जरभेटरशिप पूर्ण रुपमा समाप्त हुने अनुमान गरिएको छ ।

ब्रिटनी आफ्नो पिताबाट स्वतन्त्र भइसकेकी छन् र अदालतको मामलामा पनि उनले केही हप्तापछि स्वतन्त्रता पाउदैछिन् । ब्रिटनीले आफ्नो पितालाई हटाउनका लागि गरेको अनुरोधको महिनौ पछि यो फैसला आएको हो । ‘वर्तमान अवस्था अस्थिर छ । यो एक नकारात्मक र दुःखद वातावरणलाई दर्शाउछ । जसमा जेमी स्पीयर्स निलम्बित हुन आवश्यक छ’, न्यायधिशले भनेका छन् ।

जेमीले सन् २००८ देखि कन्जरभेटरसिप शुरु गरेका थिए र त्यही समयदेखि गायिकाको जीवनको संरक्षक रहे । जसकारण उनले गायिकाबारे सबै निर्णय आफैंले गर्न थाले । त्यसपछि ब्रिटनीले यसका लागि कानूनी लडाईं लडिन् । किनकी उनी आफूमाथि पिताको संरक्षणको अन्त्य होस् भन्ने चाहन्थिइन् ।

सुनुवाईको समयमा ब्रिटनी उपस्थित थिइनन् । उनको पिता सुनुवाईको हिस्सा थिए । उनी पुरा समय शान्त थिए ।