बाघ संरक्षणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै हलिउड अभिनेता लियोनार्दोले दिए बधाई

बाघ संरक्षणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै हलिउड अभिनेता लियोनार्दोले दिए बधाई

१४ साउन, काठमाडौं । 
बाघ संरक्षणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले बधाई दिएर खुसी साटेका छन् । 

शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै खुशी व्यक्त गरेका हुन्। डिक्याप्रिओले नेपालमा बाघको संख्या दोब्बर भएकोमा यसलाई अनुकरणीय भएको बताएका छन् । 

हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१० मा १२१ वटा रहेको बाघ १२ वर्षमा बढेर ३५५ पुगेको हो । 

नेपाल सरकारले प्रधानमन्त्री मानव–वन्यजन्य उद्धार तथा राहत कोष सुरु गरेकामा पनि उनले खुशी व्यक्त गर्दै मानव बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित सहअस्तित्वका लागि ध्यान दिन आवश्यक रहेको बताएका छन् । 

"यो एक अविश्वसनीय उपलब्धि हो । विगत १२ वर्षमा सरकार, विश्व वन्यजन्तु कोष जस्ता साझेदारहरू र स्थानीय समुदायहरूको संरक्षण प्रयासहरूको प्रमाण हो," डिक्याप्रिओले सामाजिक सञ्जालमा लेखेका छन् ।