'कोडा' ले जित्यो सर्वोत्कृष्ट चलचित्रको ओस्कार

'कोडा' ले जित्यो सर्वोत्कृष्ट चलचित्रको ओस्कार

१५ चैत, काठमाडौं ।  
हलिउड चलचित्र कोडा ले सर्वोत्कृष्ट चलचित्रको ओस्कार अवार्ड हात पारेको छ । लस एन्जेल्सको डल्बी थिएटरुमा आयोजना गरिएको ९४ औं ओस्कार अवार्डमा 'कोडा' सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । 

तीनवटा विधामा मनोनयनमा परेको 'कोडा' चलचित्रले तीनवटै अवार्ड जितेको हो । यो चलचित्र स्ट्री मिङ प्लेटफर्म एम्पल फिल्मसले निर्माण गरेको हो ।

यस्तै, 'डुन' चलचित्रले सर्वाधिक अवार्ड प्राप्त गरेको छ । १० विधामा मनोनयनमा परेको यस चलचित्रले ६ वटा अवार्ड जितेको हो ।

तर द पावर अफ द डग' ले भने एउटा मात्रै अवार्ड हात पारेको छ । यस चलचित्रलाई यस वर्षको उत्कृष्ट फिल्मको मुख्य दावेदारका रुपमा लिइएको थियो । यस चलचित्रका डाइरेक्टर जेन क्यापियनले 'बेस्ट डाइरेक्टर' अवार्ड पाएकी छन् । उनी उत्कृष्ट निर्देशकको उपाधिका लागि दुई पटक मनोनयन हुने पहिलो महिला निर्देशक बनेकी छन् ।

यस्तै, अभिनेता बिल स्मिथले फिल्म 'किङ रिचर्ड' बाट 'बेस्ट एक्टर' अवार्ड जितेका छन् । साथै, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड 'द आइ अफ टम्मी फाय' बाट जेसिका चास्टाइनले जितेकी छन् । यो चलचित्रमा उनले प्रसिद्ध अमेरिकी मिसनरी ट्यामी फेको वास्तविक जीवनको कथालाई पर्दामा चित्रण गरेकी छन्।

यस्तै, कार्यक्रम प्रत्यक्ष प्रसारण हुनुअघि आठ विधाले ओस्कार अवार्ड पाएका थिए । एनिमेटेड सर्ट फिल्म, डकुमेन्ट्री सर्ट सब्जेक्ट, फिल्म एडिटिङ, लाइभ एक्सन सर्ट फिल्म, मेकअप र हेयर स्टाइलिङ, ओरिजिनल स्कोर, प्रोडक्सन डिजाइन र साउन्डका लागि अवार्डहरू प्रत्यक्ष प्रसारण भएनन् ।

स्यामुएल ज्याक्सन, इलेन मे र लिभ उलम्यानलाई २०२२ मा मानार्थ एकेडेमी अवार्डबाट सम्मानित गरिएको थियो।