यस्तो छ, 'ह्यारी पोटर: रिटर्न टु होगवार्ट्स'को ट्रेलर

यस्तो छ, 'ह्यारी पोटर: रिटर्न टु होगवार्ट्स'को ट्रेलर

८ पुस, ऐजेन्सी ।
'ह्यारी पोटर: रिटर्न टु होगवार्ट्स' को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा फिल्मसँग जोडिएका सबै कलाकारले आ-आफ्नो अनुभव सेयर गरेको देखिएको छ । ट्रेलर हेरेर फिल्मसँग सम्बन्धित सबै पुराना याद ताजा भएको अनुभव हुन्छ।

सार्वजनिक भएको ट्रेलरमा ह्यारी पोटरको भूमिका निभाएका ड्यानियल र्याडक्लिफ सुनसान सडकमा हिँडिरहेको देखिन्छ । पछि, उनले आफ्ना साथीहरू हर्मियोन ग्रेन्जर (एम्मा वाटसन) र रोन वेस्ली (रुपर्ट ग्रिन्ट) लाई भेट्छन्। ट्रेलरमा यी तीन बाहेक अन्य कलाकारहरु पनि देखिएका छन् । 

जनवरी १, २०२२ मा ह्यारी पोटर फ्रेन्चाइजको २० वर्ष पूरा भएको अवसरमा एक विशेष उत्सवको आयोजना गरिएको छ । यस उत्सवको नाम ह्यारी पोटरः रिटर्न टु होगवार्ट्स हो ।

एचबीओ म्याक्समा रिलिज हुने यो शोमा फ्रेन्चाइजीसँग सम्वद्ध सबै कलाकारहरू सहभागी हुनेछन् । 

सार्वजनिक भएको ट्रेलरमा, सबै कलाकारहरूको ग्रेट हल अफ होगवार्ट्समा पुनर्मिलन भएको देखाइएको छ ।