चर्चित जापानी नायिका सयाका को होटलबाट खसेर मृत्यु

चर्चित जापानी नायिका  सयाका को होटलबाट खसेर मृत्यु

६ पुस, काठमाडौं । 
चर्चित जापानी नायिका  सयाका काण्डाको निधन भएको छ ।

‘आइडली प्राइड’, ‘स्टार ब्लेजर्स २२०२’ र ‘कन्वीनियन्स स्टोर ब्वाइफ्रेण्ड्स’ जस्ता सिरिजमा भ्वाइस ओभर गरेकी अभिनेत्री सयाका काण्डाको उनको  २२ तलबाट खसेर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन । 

३५ वर्षकी सयाका होक्काइडो द्वीपको एउटा होटलमा बसेकी थिइन् । १८ डिसेम्बर राती माथिबाट खसेपछि रगताम्मे अवस्थामा सयाका होटलको बाहिरी इलाकामा भेटिएकी थिइन् । 

उनलाई तत्काल अस्पताल पुर्याएपनि चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

नायिकाको निधनले उनका प्रशंसकमा शोकको लहर छाएको छ ।