बाराक ओबामा कस्ता गीत सुन्छन? यि हुन ओबामाले सिफारिस गरेका ४४ गीत

बाराक ओबामा कस्ता गीत सुन्छन? यि हुन ओबामाले सिफारिस गरेका ४४ गीत

१४ साउन, काठमाडौं । 
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो ग्रीष्मकालीन गीतहरूको सूची सामाजिक सञ्जालमा छोडेका छन्। सामान्य रूपमा, यो पप, आर एन्ड बी र हिप हप ट्र्याकहरूको एक्लेक्टिक मिश्रण हो। 

यो सूचीमा प्रिन्सको 'लेट्स गो क्रेजी', 'डान्सिङ इन द डार्क' ब्रुस स्प्रिंगस्टीनको, माइल्स डेभिसको 'ब्लु एन्ड ग्रीन' र अन्य धेरैजस्ता पुराना गीत छन्। ओबामा संगीत र फिल्मप्रति निकै चाख लिने नेतासमेत हुन् ।

बर्सेनि गर्मी (समर) याममा उनी आफ्ना फेभरेट गीत सिफारिस गर्छन् । यो यामका आफूलाई मनपर्ने ४४ वटा गीत सिफारिस गरेका छन् । ओबामाको सांगीतिक सूचीमा बियोन्सेदेखि पछिल्ला गायक ह्यारी स्टाइलसम्म अटाएका छन् ।

‘बर्सेनि मलाई आफ्ना प्रिय गीत सिफारिस गर्न पाउँदा उत्साहित हुन्छु । तपाईंको प्रत्युत्तरबाट मलाई थाहा हुन्छ कि बर्सेनि कति नयाँ कलाकार आउँछन् भनेर । संगीतले हामीलाई कति नजिक ल्याउँछ भन्ने यो एउटा उदाहरण हो,’ उनी लेख्छन् ।

यस्तो छ ओबामाले सुन्ने ४४ गीत