बक्सर माइक टाइसनले विमानभित्रै यात्रुलाई हाने मुक्का

बक्सर माइक टाइसनले विमानभित्रै यात्रुलाई हाने मुक्का

१० वैशाख, काठमाडौं । 
पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले 'पानीको बोतलले हानेपछि' उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले बताएका छन्।

सामाजिक सञ्जालमा भाइरल उक्त भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। टिएमजेडले प्रकाशित गरेको भिडिओमा सम्पूर्ण विवाद भने देखिँदैन । 

घटना पछि दुई जनालाई पक्राउ गरिएको थियो। थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ। प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय खुलाएका छैनन्।

जेटब्ल्यूको बुधवार रातिको उडान सुरु हुन लाग्दा विमानभित्र उक्त घटना भएको थियो। सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो।

टिएमजेडका अनुसार उडानको सुरुवातमा ती यात्रुसँग तस्बिर खिचाउन टाइसनले सहमति जनाएका थिए तर ती व्यक्तिले टाइसनले 'शान्त रहन' भन्दा भन्दै पनि उनलाई दुर्व्यवहार गरिरहे।

सो फुटेजलाई उक्त घटनाबारे क्षेत्राधिकार भएको प्रहरीको कार्यालयमा पठाइएको जनाइएको छ।