गायिका सोफिया, जसले स्टेजमा पुरुष फ्यानको मुखमा पिसाब गरिन

गायिका सोफिया, जसले स्टेजमा पुरुष फ्यानको मुखमा पिसाब गरिन

३ मंसिर, काठमाडौं । 
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ, जसमा एक महिला गायिकाले कन्सर्टको स्टेजमै एक पुरुषको मुखमा पिसाव गरिदिएकी छिन् । 

यो भाइरल भिडियो हलिउड गायिका सोफिया उरिस्ताको हो । उनले गत साता एक लाइभ कन्सर्टका समयमा स्टेजमा एक पुरुष प्रशंसकलाई बोलाएर उनको मुखमा पिसाब गरेकी हुन् । 

यो भिडियो सामाजिक सञ्जालमा पनि ट्रोल र खराब प्रतिक्रिया आएपछि गायिका आफ्नो गल्तीप्रति माफी मागेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैमाथि दुःख पुर्याउनु नरहेको उल्लेख गरेकी छन् ।

यो घटनाप्रति गायिकाको व्याण्ड ‘ब्रास अगेन्स्ट’ले पनि माफी मागेको छ । ‘सोफिया उरिस्ता धेरै नै उत्साहित भएकी थिइन् । यो कुराको हामीले अपेक्षा पनि गरेका थिएनौं । यद्यपि तपाईंहरु फेरी हाम्रो शोमा यस्तो देख्नुहुने छैन । यो सबै घटना अप्रत्याशित थियो’, व्याण्डले ट्वीट गरेको छ ।

‘त्यो रात मैले आफ्नो नियमलाई बिर्सिएँ । म आफ्नो परिवार, आफ्नो व्याण्ड र सबैभन्दा बढी प्रशंसकलाई प्रेम गर्छु । म स्वीकार्छु कि मेरो पिसाब गर्नुको स्टण्ट सही थिएन । म यसका लागि माफी माग्छु।’, गायिकाले लेखेकी छन् ।