अमेरिकामा साङ्गितिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा ८ को मृत्यु, सयौँ घाइते

अमेरिकामा साङ्गितिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा ८ को मृत्यु, सयौँ घाइते

काठमाडौं, २० कार्तिक । 
अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा कम्तीमा ८ जना मानिसको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। 

घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो। ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न।

अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो जसमध्ये आठ जनाको मृत्यु भएको हो।

करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो।

महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो।