‘अवतार’ को चौथो र पाँचौं शृङ्खलालाई जेम्स क्यामरुनले निर्देशन नगर्ने

‘अवतार’ को चौथो र पाँचौं शृङ्खलालाई जेम्स क्यामरुनले निर्देशन  नगर्ने

२३ असार, काठमाडौं ।
विश्व चर्चित फिल्म निर्देशक जेम्स क्यामरुन ब्लकबस्टर ‘अवतार’ को चौथो र पाँचौं शृङ्खलाबाट बाहिरिने संकेत गरेका छन् ।

‘अवतार’ को विशेष संस्करण प्रकाशित गर्ने बेलायती अम्पायर म्यागजिनले क्यामरुनले ती अवतारको शृङ्खलालाई निर्देशन दिन नसक्ने उल्लेख गरेको छ ।

‘अवतार २’ जनवरी २५ मा नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । अवतारको तेस्रो, चौथो र पाँचौं शृङ्खला एकैसाथ निर्माण गर्ने योजना पनि रहेको छ । फिल्म क्यामरुनको विचारमा आधारित छ।

तर पछिल्लो दुई सिक्वेललाई क्यामरुनले निर्देशन नगरेको खुलासा भएको छ । अम्पायर म्यागजिनसँग कुरा गर्दै उनले पछिल्लो दुई सिक्वेललाई निर्देशकलाई दिएर टुङ्ग्याउने सोचमा रहेको बताए ।

निस्सन्देह, अवतारु क्यामरुनले देखेको कल्पनाको संसार हो। ‘मैले प्राकृतिक संसार, परिवार, दिगोपन र वातावरणको बारेमा सबै कुरा भन्नु पर्छ। यी कुराहरू मेरो लागि फिल्मको क्यानभासमा मेरो जीवन र चलचित्र जीवन जत्तिकै महत्त्वपूर्ण छन्,' क्यामरुन भन्छन्।