दुई वर्षपछि कोमाबाट ब्युँझिएकी महिलाले पत्ता लगाइन आक्रमणकारी

दुई वर्षपछि कोमाबाट ब्युँझिएकी महिलाले पत्ता लगाइन आक्रमणकारी

२ साउन, काठमाडौं । 
सुन्दा अचम्म लाग्न सक्छ, अमेरिका एक महिला दुई वर्ष कोमामा बसेर ब्यूँझिकी छिन् । सन् २०२० को जुन महिनामा आक्रमणमा परेकी उनी बेहोस अवस्थामा फेला परेकी थिइन्।

घटनाबारे शुक्ष्म अध्ययन गरेको प्रहरी दुई वर्षसम्म पनि आक्रमणकारी पत्ता लगाउन सकेको थिएन् । विभिन्न चरणमा भएकाे अनुसन्धानमा अाक्रमणाकारी किटान भइ मुद्दा अघि बढ्न सकेकाे थिएन् । आक्रमण परेकी ५१ वर्षीया वान्डा पाल्मरले दुई वर्ष कोमामा बसेर ब्यूँझिएपछि आक्रमणकारी पत्ता लगाएकी हुन् ।

प्रहरीका अनुसार वान्डा पाल्मरलाई उनका ५५ वर्षीय दाई ड्यानियल मेलिन्जरले आक्रमण गरेको बताएकी छन् । पाल्मरका अनुसार उनलाई दाई मेलिन्जरले पाल्मरकै निवासमा हत्याको प्रयास गरी अचेत अवस्थामा छाडेका थिए । 

मृत्युको नजिक पुगेकी उनले आफ्नै दाईलाई आक्रमणकारीको रूपमा पहिचान गरेकी हुन् । आक्रमणको समयको कुनै फुटेज र कुनै फोन रेकर्ड नहुँदा अपराधी पत्ता लागेको थिएन् । तर, एक साक्षीले पाल्मरको निवासमा ड्यानियल मेलिन्जरलाई मध्यरातमा देखेको रिपोर्ट गरेका थिए।

पाल्मरको हेरचाह सुविधाबाट फोन गरी कोमाबाट ब्यूँझिकी पाल्मर अधिकारीहरूसँग कुरा गर्न सक्षम भएको बताइएको थियो । 

आरोपित अपधारी मेलिन्गरलाई १५ जुलाईमा हत्याको प्रयास र आक्रमणको आरोपमा गिरफ्तार गरिएको थियो। उनलाई ५ पाँच लाख अमेरिकी डलरमा धरौटीमा राखिएको छ।