हलिउडमा डेब्यू गर्दै बाहुबलीका अभिनेता प्रभास

हलिउडमा डेब्यू गर्दै बाहुबलीका अभिनेता  प्रभास

काठमाडौं, १६ भदौं ।
बाहुबली सीरीजपछि विश्वभरी नै फ्यान फ्लोइङ कमाएका साउथ इन्डियन फिल्मीका अभिनेता प्रभास हलिउड फिल्ममा समेत देखिने भएका हुन् । 

भारतीय सञ्चारमाध्यम बलिउडले लाइफले प्रभासले हरर फिल्ममार्फत हलिउडमा डेब्यु गर्न थालेको जनाएको छ । प्रभास छिटै हलिउड फिल्ममा देखिने जनाइएको छ । उनले अभिनय गर्ने उक्त फिल्म हरर जनरको हो ।  

ग्लूट नामको वेबसाइटमा हलिउडको एक कम्पनीले प्रभासलाई उक्त हलिउड चलचिञसँग समन्वय गरेको जनाइएको छ । उक्त कम्पनीले फिल्मको स्क्रिनप्ले समेत पठाइसकेको उक्त वेबसाइटले जनाएको छ । 

अभिनेता प्रभासले भने उक्त फिल्म हालसम्म साइन गरेका छैनन् भने उक्त फिल्मको प्रस्तावबारे बोलेका छैनन् । उसो त प्रभासको हातमा फिल्मको अभाव भने हुदैन् । उनको हातमा करोडौँ बजेटको राधे श्याम, आदिपुरुष लगायतका थुप्रै फिल्म उनको हातमा छन् । 

 केहि समयअघि सुटिङको सेटमा जाने क्रममा सार्वजनिक भएको प्रभासको तस्वीरमा उनी केहि मोटाएका देखिएका छन् भने सादा पोषाकमा देखिएका छन् ।