पहिलो पटक अन्तरिक्षमा छायांकन गरेर फर्कियो रुसी फिल्म टोली

पहिलो पटक अन्तरिक्षमा छायांकन गरेर फर्कियो रुसी फिल्म टोली

काठमाडौं, २ कार्तिक । 
पहिलो पटक अन्तरिक्षमा चलचित्रको छायांकनमा लागि पुगेको रुसी फिल्म टोली फर्किएको छ । 

चलचित्र ‘च्यालेञ्ज’ को फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन सकेर पृथ्वीमा फर्किएको हो । 

चलचित्र ‘च्यालेञ्ज’ को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए ।

यो टिम आइतबार नेपाली समय अनुसार बिहान ७ बजे अन्तरिक्षबाट फर्किएको थियो । उनीहरु बिहानको सवा १० बजे काजकिस्तानमा अवतरण गरेका थिए । अवतरणपछि सबै सदस्यहरु सुरक्षित रहेको बताईएको छ ।

तिनै जनालाई रुसी हेलिकप्टरबाट काजकिस्तानको कारागान्डा शहरमा पुर्याइएको छ । त्यहाँ विश्राम गरेपछि उनीहरुलाई रुसको स्टार सिटीमा चेकजाँचका लागि लगिने छ ।

एक अन्तरिक्ष यात्रीको ज्यान बचाउनका लागि अन्तरराष्ट्रिय स्पेश स्टेशनमा उडान भर्ने एक महिला डाक्टरको कथामा यो चलचित्र निर्माण गरिएको छ ।