यो वर्षको‘वासुदेव लुइँटेल पुरस्कार’कलाकार किरण केसीलाई प्रदान गरिने

यो वर्षको‘वासुदेव लुइँटेल पुरस्कार’कलाकार किरण केसीलाई प्रदान गरिने

काठमाडौं, १७ साउन । 
हाँस्य कलाकार किरण केसी राता मकै लाई यस बर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने भएको छ ।

साउन १५ गते बसेको  ‘बासुदेव-विद्यादेव लुइँटेल गुठी’ को बैठकले कलाकार केसीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रदान गर्दै आइरहेको छ । 

हाँस्यब्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशिल प्रतिभाहरुमध्येबाट एक जनाको छनोट गरि यो पुरस्कार प्रदान गरिदै आएको गुठीले जनाएको छ ।

वासुदेव शर्मा लुइँटेलले वि. स. २०२३ सालमा कौवा प्रकाशन खोलेर आफू सहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडे लगायत लेखकका हाँस्यव्यङ्ग्य सम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । 

कलाकारसँगै फिल्मनिर्माता समेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्म लक्काजवान रिलिजको लागि तयार रहेपनि कोरोना महामारीका कारण  प्रदर्शन हुन् सकेको छैन ।