बलात्कारको आरोपमा पक्राउ परे पप गायक 'क्रिश वु'

बलात्कारको आरोपमा पक्राउ परे पप गायक 'क्रिश वु'

ऐजेन्सी , १७ साउन ।
चीनियाँ प्रहरीले चर्चित पप गायक 'क्रिश वु' लाई बलात्कारमा संलग्न भएको आरोपमा प्रकाउ गरि गिरफ्तार गरेको छ।

एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चीनियाँ-क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अहिले गायक वु लाई  कम्तीमा दुई दर्जन महिलाहरूले अनुपयुक्त व्यवहार गरेको आरोप लगाएका छन्। वु ले भने सबै आरोप अस्वीकार गरेका छन्।

वु प्रकाउको समाचार चिनियाँ सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशित भएपछि अहिले चीनमा यौन हिंसा र यौनमा सहमतिको विषयमा बहस चल्न थालेको चीनिया सञ्चारमाध्यमले जनाएका छन्। गायक वु प्रकाउ परेको घटनापछि एक दर्जन बढी विश्व प्रतिष्ठित ब्रान्डहरूले  वु सँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेका छन्।

पहिलो पटक आरोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइएको बताएकी छन्। उनले आफूलाई मदिरा सेवन गर्न दबाव दिइएको र बिहान उठ्दा वुको ओछ्यानमा आफूलाई पाएको जनाएकी छन्।

उनले रोजगारी र अरू अवसरहरू उपलब्ध गराउने वाचा गरेर वु ले आफूलाई सम्बन्ध राख्न बाध्य पारेको सात जना अरू महिलाले बताएको उल्लेख गरेकी छन्।

वु ले ती १९ वर्षीया युवतीलाई मदिरा सेवन गराएको अस्वीकार गरेका छन्। उनले लोभ देखाएर यौन सम्बन्ध राखेको, अर्धचेत युवतीलाई बलात्कार गरेको र नाबालिगसँग सम्बन्ध राखेको अस्वीकार गरेका छन्।

चिनियाँ कानुनमा १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग ठहर गरिएको छ तर यौनका लागि सहमति दिन सक्ने उमेर १४ वर्ष भनिएको छ।