हिमानीलाई भेटेपछि अभिनेत्री मनीषा लेख्छिन्, 'विश्वलाई सशक्त महिलाको खाँचो छ!'

हिमानीलाई भेटेपछि अभिनेत्री मनीषा लेख्छिन्, 'विश्वलाई सशक्त महिलाको खाँचो छ!'

काठमाडौं, १२ असोज । 
अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच काठमाडौंस्थित महाराजगञ्जमा भेटघाट भएको छ । 

शनिबार राती भएको भएको भेटघाटमा मनीषा र हिमानीले सँगै रात्रीभोज गरेका थिए। आफूनिकट पारिवारिक जमघटमा उनीहरुले एकअर्काबीच कुराकानी गरेका थिए। अहिले सामाजिक संजालमा हिमानी र मनीषाका  तस्वीर सार्वजनिक भएका छन् ।

हिमानीसँगको भेटघाट मनीषाले सामाजिक सञ्जालमा तस्वीर राख्दै  ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन् । जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन् । महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् ।’ म्युजिक थेरापिस्ट एमी टेन्नीको भनाई उध्दृत गर्दै लेखेकी छन् । 

मनीषाले भेटघाटमा के विषयमा छलफल भयो भन्ने केही खुलाएकी छैनन् । यद्यपि मनीषा पछिल्लोपटक राजनीतिमा आउन लागेको खबरले सबैलाई चासोको विषय बनेको थियो । यता पूर्व युवराज्ञी हिमानी पछिल्ला वर्षहरुमा हिमानी ट्रस्टमार्फत सामाजिक काममा सक्रिय छिन् ।