पूर्व पोर्नस्टार मिया खलीफा विवाहको दुई वर्ष नपुग्दै डिभोर्सको तयारीमा

पूर्व पोर्नस्टार मिया खलीफा विवाहको दुई वर्ष नपुग्दै डिभोर्सको तयारीमा

ऐजेन्सी , १६ साउन ।
पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । 

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् । 

सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह भएको एक वर्ष मात्रै पुगेको छ । मिया र रोबर्टको विवाह लामो समय टिक्न पाएन । मियाले सम्बन्धलाई टिकाउन भरपुर कोसिस गरेको समेत खुलाएकी छन् ।

मियाले लेखेकी छन्, "हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि हामीले हाम्रो विवाहलाई सफल बनाउनको लागी सबै थोक दियौं, एक वर्षसम्म कोसिस गर्दा पनि हामीले सम्बन्धलाई बलियो बनाउन नसकेपछि छुट्टिने निर्णयमा पुगेका हौँ ।"

उनले लेखेकी छन् "हामी सधैं एक अर्कालाई माया र सम्मान गर्नेछौं किनकि हामी जान्दछौं कि यो एक अलग घटना थिएन जसले हाम्रो बिछोडको कारण बनायो, बरु मौलिक, अपरिवर्तनीय मतभेद को संचय को लागी कोहि अरुलाई दोष दिन सक्दैन। हामी यो सम्बन्धलाई बन्द गर्दैछौं। "