मिस वर्ल्डको ग्रान्ड फिनाले भोलि, नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?

मिस वर्ल्डको ग्रान्ड फिनाले भोलि, नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?

२ चैत, काठमाडौं । 
नेपाली समयानुसार बिहीबार बिहान पौने ५ बजे यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुँदैछ । 

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् ।

अमेरिकी टापु राज्य पुएर्तोरिकोमा हुन लागेको फिनालेमा ४० मुलुकका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालको तर्फबाट मिस नेपाल नम्रता श्रेष्ठले भाग लिएकी छन् । कोरोना महामारीले यसअघि स्थगित भएको प्रतियोगिता यसपटक भौतिक रुपमै हुन लागेको हो ।

हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी नम्रता ब्युटी विथ पर्पमाको उत्कृष्ट १० भित्र समेत पर्न सफल भएकी थिइन् । यी दुवै विधतमा सफलताले मिलेको कारण उनले उपाधि जित्न सक्ने अहिले अनुमान गरिएको छ ।