आलोचना गर्नेलाई आयुष्मानको यस्तो जवाफ

आलोचना गर्नेलाई आयुष्मानको यस्तो जवाफ

काठमाडौं, १९ साउन । 
नेपाली चलचित्र जगतमा मिडियामा छाइरहने नाम हो नायिका प्रियंका कार्की । कहिले बोलीका कारण त कहिले सामाजिक संजालमा सार्वजनिक हुने तस्वीरका कारण उनी चर्चामा आइरहने नायिका हुन् । 

नायिका प्रियंका कार्की यतिवेला नयाँ सन्तानलाई जन्म दिने तयारीमा छिन् । उनी गर्भवस्था पलको मज्जा कहिले बेबी बम्प गरेर त कहिले साथीहरुसँग स्विमिङ पूलमा फोटोसुट गरेर लिइरहेकी छिन् । 

सामाजिक सञ्जालमा उनले सार्वजनिक गर्ने फोटोमा आलोचना आउनु उनका लागि नयाँ कुरा भने होइन् ।  विशेषगरि, उनी गर्भवती हुने भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी छिन् भने सामाजिक संजालमा उनको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ ।

ती आलोचनाहरुबारे प्रियंकाले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले हालै एक अन्तवार्तामा, 'सबैले मलाई र मेरो कामलाई नै मन पराउन पर्छ भन्ने छैन भनेकी थिइन् ।'

प्रियंकाको आलोचनाबारे उनका श्रीमान् आयुष्मान देशराज जोशीले भने प्रतिक्रिया दिएका छन् । सामाजिक संजाल इन्टाग्राममा आफ्नो र प्रियंकाको तस्विर सेयर गर्दै उनले लेखेका छन्,  ‘म जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै गर ।’ 

आयुष्मानको प्रतिक्रियामा प्रियंकाले कमेन्ट गर्दै 'पिटाइ खान नपुगेको' भन्दै जिस्क्याएकी छिन् ।