नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड’ आयोजना गर्दै ड्रिम हाई नेपाल

नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड’ आयोजना गर्दै ड्रिम हाई नेपाल

काठमाडौं, २० साउन । 
ड्रिम हाई नेपाल नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड’ आयोजना गर्ने भएको छ । 

गत वर्ष ‘नेफ्टा फिल्म अवार्ड’ को सह-आयोजक रहेको ड्रिम हाई नेपालले मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो ।

‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ आयोजना हुन लागेको अवार्डमा सञ्चार माध्यममा विभिन्न विधामा कार्यरत पत्रकारहरू यो अवार्डमा सम्मानित हुने ड्रिम हाई नेपालका कमल जिसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । अवार्डमा एफएम, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधा समेटिने भएको छ। 

पछिल्लो समय नेपाली मिडियामा देखिएको लोभलाग्दो परिवर्तन मध्यनजर गरेर राम्रो मिडियालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ गर्न लागेको  विज्ञप्तिमा उल्लेख छ । 

मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाको भनाइ छ ।

तीन वर्षअघि स्थापना भएको ड्रिम हाई नेपालले यसअघि सांगीतिक समुह नेपथ्यको लाइभ कन्सर्ट, अभिनेता अनमोल केसीको कन्सर्ट तथा नेफ्टा फिल्म अवार्ड जस्ता ठूला समारोहहरु आयोजना गरिसकेको छ ।