अभिनयमा कमब्याक गर्दै प्रियंका, रामबाबुले निर्देशन गर्ने 'फूलबारी’ मा अनुबन्धित

अभिनयमा कमब्याक गर्दै प्रियंका, रामबाबुले निर्देशन गर्ने 'फूलबारी’ मा अनुबन्धित
तस्विर सौजन्य : priyanka karki

१५ साउन, काठमाडौं । 
अभिनेत्री  प्रियंका कार्की यतिबेला आफ्नो शरिर पुरानै अवस्थामा ल्याउनका लागि पूर्ण रुपमा डाइटिङमा छिन्। चलचित्रमा कमब्याक गर्न प्रियंकाले आफ्नो तौल घटाउदै लगेकी छिन् ।

आमा भन्ने भएपछि केहि समय चलचित्र क्षेत्रबाट ओझेल परेकी उनीले  ‘फूलबारी’ नामब चलचित्रबाट उनले अभिनयमा कमब्याक गर्न लागेकी हुन् । रामबाबु गुरुङको निर्देशन रहने उक्त चलचित्रमा प्रियंका अनुबन्धित भएकी हुन् ।  

‘फूलबारी’मा प्रियंका सँगै विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, सोम खनालले मुख्य भूमिकामा अभिनय गर्ने छन् । 

प्रियंका अभिनित पछिल्लो चलचित्र ‘लक्का जवान’ गत बैशाख २५ मा प्रदर्शनमा आएपनि चलचित्रले व्यवसायिक लाभ लिन सकेन् ।