अभिनेता भुवन काठमाडौं महानगरको मेयरमा उठ्ने, सामाजिक सञ्जालमा भने ट्रोलको बाढी

अभिनेता भुवन काठमाडौं महानगरको मेयरमा उठ्ने, सामाजिक सञ्जालमा भने ट्रोलको बाढी

२४ चैत, काठमाडौं । 
नेपाली चलचित्र जगतमा सफल नायक तथा निर्माताको ट्याग पाएका भूवन केसी आधिकारीक रुपमा राजनीतिमा प्रवेश गरेका छन् । हुन् त यसअघि पनि एमाले निकट मानिए उनी काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावमा उठ्ने चर्चा नचलेको होइन्, रातारात उनको टिकट फिर्ताका भएको हल्ला फैलिएपछि कुरा सेलायो, अन्नत भवनलाई त्यो समयमा राजनीति फापेन । 

चलचित्र जगतमा सफल भएपछि भूवनले छोरा अनमोललाई चलचित्र क्षेत्रमा प्रवेश गराए, अहिले अनमोल थोरै तर राम्रा चलचित्रमा मात्र हात हाल्ने रणनीतिमा अगाडी बढेका छन् । चलचित्र रिलिजको समयमा अनमोलका ट्रोलहरुले सामाजिक सञ्जाल रंगीए पनि उनका चलचित्रले राम्रो आम्दानी गर्न सफल भएकै छन् ।

यता, भूवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भनेर लागिपरेका छन्, तर, यसपाली उनी एमालेबाट नभइ अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीबाट उनी मेयर पदका मैदानमा होमिने भएका हुन्।

'काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कलासंस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहनु भएका काठमाडौंका पुस्तैनी वासिन्दा, काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका महान नायक भुवन के सी ज्युको उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ,' स्वागत नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भूवनलाई उक्त पार्टीले पार्टीको परराष्ट्र विभागको विभागिय अध्यक्षको जिम्मेवारी समेत सुम्पिएको छ । 

नेपाली चलचित्र जगतलाई आजको अवस्थामा ल्याउन भूवनको ठूलो योगदान रहेको भन्दै तारिफ पाउने गरेका भुवनको व्याक्तिगत आचरण भने विवादमा आउने गरेका घटना नौलौ होइन् । श्रीमतीसँग छुट्टएिर बसेका भूवनको नाम विभिन्न समयमा फरकफरक नायिकासँग समेत जोडीने गरेको छ । 

सामाजिक सञ्जालमा भने भूवन काठमाडौंको मेयरमा उठ्ने खरबपछि ट्रोलको वर्षा नै भएको छ । सामाजिक सञ्जालमा उनलाई चलचित्र निर्माणको ज्ञान हुदैमा देश विकासको भिजन हुन नसक्ने भन्दै उनका पुराना भिडियोका केहि अंश भाइरल नै भएका छन् । 

चलचित्रमा रुचाइएका भूवनलाई काठमाडौंका जनताले कति रुचाउने हुन्, त्यो आगामी चुनावी नतिजाले देखाउने छ ।