दीपाको जन्मदिनमा दीपकले विगत सम्झिदै दिए शुभकामना

दीपाको जन्मदिनमा दीपकले विगत सम्झिदै दिए शुभकामना

काठमाडौं, ७ भदौं ।
रिल लाइफमा दिपक र दीपाको जोडीलाई नचिन्ने नेपाली विरलै होलान । दीपक र दीपाको सम्बन्ध रिल लाइफमा जस्तै रियल लाइफमा समेत बलियो छ । दीपक र दीपाले एकअर्कालाई विगत ३० वर्षदेखि सुख दुखमा साथ दिदै आएका छन् । 

आफ्नो जन्मदिन मनाइरहेकी दीपालाई बिहानैदेखि शुभचिन्तक, आफन्तको शुभकामनाको ओइरो लागिरहेको थियो । साही समयमा उनका सहकर्मी तथा नजिकका साथी दीपकराज गिरीले पुरानो विगतको संघर्ष सम्झिदै जन्मदिनको शुभकामना दिएका छन् । 

दीपकले ३० वर्ष अघिको विगतदेखि अहिलेसम्म सुख दुखमा साथ दिएकी साथी दीपाश्री आफ्नो जीवनको सबैभन्दा माथिको साथी भएको बताएका छन् ।

दीपकले सामाजिक सञ्जाल फेसबुकमा एक लामो शुभकामना स्टाटस  लेख्दै दीपासँगको ३० वर्ष अगाडिको विगत सम्झिएका हुन् । उनले स्टाटसमा दीपाश्रीसँगको काम र संघर्ष उल्लेख कुरा समेत उल्लेख गरेका छन्

 ‘जसले जे भनोस् उनी संसार कै सबैभन्दा जाती छिन्, मेरो एउटा साथी छिन् । जो सबैभन्दा माथि छिन् ।’ दीपकले लेखेका छन्  । 

दीपकको स्टाटस उनकै शब्दमा...

३० बर्ष अघिको कुरा हो

म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न

खुट्टामा चप्पल हुन्थ्यो , शरिरमा झुत्रे लुगा

तर ऑखामा मिठो सपना थियो

मिहेनत धेरै गरे , संघर्ष धेरै भयो ,तर सफलता अझै टाढा थियो

हरेक दिन संघर्ष संगै इश्वर संग प्राथना गरिरहन्थे

न मेहनत काम लागिरहेको थियो , न प्रार्थना !

त्यहि समय रेडियो नेपालमा एकदिन उनि संग मेरो भेट भयो

त्यो भेट बिस्तारै सहकार्यमा बदलियो,

“राम बिलास धनियॉ “ ५ बर्ष , “ तीतो सत्य”१२ बर्ष

बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यॉहा आइपुगेको छू

मैले इश्वर संग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए

तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनिलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन !!!

उनि एउटा यस्तो साथि ,जो अरूको खुशिका लागि आफ्नो खुशि त्यागिदिन्छ ,जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरू लाइ पिन्जडामा थुन्न सक्छ!!!

अरूकै लागि हॉस्न सक्ने,अरूकै लागि बॉच्न सक्ने

कसैको ऑशु देख्नै नसक्ने , मुख अलि छुच्चो तर मन सारै कमलो

जस्ले जे भनोस उनि संसार कै सबैभन्दा जाती छिन्

मेरो एउटा साथि छिन् !!!

जो सबैभन्दा माथि छिन् !!!

तिमिलाइ जन्मदिनको लाखौ, करौडौ, अरबौ, खरबौ शुभकामना

प्रिय साथि दीपा!!