दीपकको असन्तुष्टि, 'संकटमा हल चलाउन विदेशी फिल्म नै चाहियो !'

दीपकको असन्तुष्टि, 'संकटमा हल चलाउन विदेशी फिल्म नै चाहियो !'

काठमाडौं, १५ असोज । 
कोभिडले लामो समयसम्म बन्द भएको फिल्महल काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठकले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्दै भदौ १६ गतेदेखि फिल्म हल खुलाउन अनुमति दिएपनि निर्माताहरुले फिल्म रिलिज गर्न हिम्मत नगर्दा हल सञ्चालनमा आउन सकेका छैनन् । 

विदेशी ठुला ब्यानरका फिल्म रिलिज भए  माहोल बन्थ्यो भन्ने हलवाला र निर्माताको आशा छ । कोरोना महामारीको समयमा सरकारले फिल्महल खोल्न अनुमती नदिदा सारकारको आँखामा मनोरञ्जन क्षेत्र परेन भनेर सरकारसँग हल खोल्न अनुमति माग्ने निर्माता तथा हलवालाहरू अहिले भने मौन छन् ।

कारोना महामारी आउनुभन्दा पहिला निर्माता दशैँ छेको पारेर फिल्म रिलिज गर्न तछाडमछा नै गर्थे । अहिले भने अवस्था फरक छ । अनुमति पाएका फिल्महल नयाँ फिल्म रिलिज नहुदा खुल्न सकेको छैनन् । अघिल्ला वर्षहरुमा हिन्दी फिल्मले नेपाली फिल्म थिच्यो, माथी उठ्न दिएन भन्दै विरोध गर्ने निर्माताहरु यसपटक दशैंको लामो बिदामा पनि चलचित्र रिलिज गर्न अगाडि सरेनन् । 

यो बर्षको दशैंमा समेत निर्माताहरुले तयार भएका फिल्म रिलिज गर्न चासो देखाएका छैनन् ।  शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ बाहेक अरु निर्माता दशैंमा फिल्म रिलिज गर्ने मुडमा देखिदैनन् ।  

झण्डै पाँच महिनादेखि बन्द हलमा पहिलो दिन नै अंग्रेजी चलचित्र लाग्दैछ । नेपाली फिल्म निर्माताले फिल्म रिलिज नगर्दा हल चलाउनका लागि प्रदर्शकले विदेशी चलचित्रकै सहारा लिनुपर्ने अवस्था सिर्जना भयो । 

हल चलाउनका लागि विदेशी चलचित्रको नै साहारा लिनुपरेपछि कलाकार तथा निर्माता दीपकराज गिरीले असन्तुष्टी पोखेका छन् ।

उनले आफनो सामाजिक संजाल फेसबुकमा लेखेका छन्, 'अहिलेको संकटमा हामिलाइ हल चलाउन बिदेशी फिल्म नै चाहियो !! कमसेकम दशैमा रिलिज गर्ने डेट तोकेर तैयार भएर बसेका साथिहरू ले त ऑट गर्नु पर्ने थियो नि !!! सहज हूदॉ एक आपसमा भिडने अप्ठेरो बेला चाहि...'