निजगढमा अभिनय सिकाउदै निखिल

निजगढमा अभिनय सिकाउदै निखिल

काठमाडौं, ३० कार्तिक । 
नायक निखिल उप्रेतीले अभिनय सिकाउने भएका छन् । बाराको निजगढमा १ मंसिरदेखि ७ गतेसम्म आयोजना हुन लागेको  ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण कार्यक्रम’ मा नायक उप्रेतीले अभिनय प्रशिक्षण दिने भएका हुन् । 

चलचित्र निर्देशक समाजको संयोजन रहेको उक्त प्रशिक्षण कार्यक्रममा निखिलका साथ अभिनेता अनुप बरालले समेत अभिनय सिकाउने छन् ।

लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ लगायतका बिषयमा प्रशिक्षण दिइने कार्यक्रममा  युवराज लामा, दयाराम दाहाल, सन्तोष श्रेष्ठ, रक्षा सिंह राणा,  जनकदीप पराजुली, सामीप्य तिमल्सिना, पुरुषोत्तम प्रधान लगायतले समेत विभिन्न बिषयमा प्रशिक्षण दिनेछन् ।

चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक संचार प्रबद्र्धन बोर्डको सह-आयोजना रहेको कार्यक्रम सर्वसाधारणलाई फिल्मप्रति आकर्षण गर्ने उदेश्यले आयोजना हुन लागेको हो ।