दोस्रो जाहेरीबारे बयान लिन पल शाहलाई नवलपुरको गैंडाकोट लगियो

दोस्रो जाहेरीबारे बयान लिन पल शाहलाई नवलपुरको गैंडाकोट लगियो

२४ फागुन, काठमाडौं । 
प्रहरी हिरासतमा रहेका नायक पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैडाकोट लगिएको छ ।

शाहविरुद्ध गत फागुन १६ गते एक गायिकाले नवलपुरमा समेत जबरजस्ति करणीको जाहेर दिएपछि यसअघि जबरजस्ति करणीको आरोपमा नै हिरासतमा रहेका अभिनेता पललाई तनहुँबाट नवलपुरको गैंडाकोट लगिएको हो ।

यस अघि जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।