महानायक हमाल भन्छन्, 'एमसीसीबारे नेपाल सरकार र अमेरिकाले नेपाली जनतालाई प्रष्ट्याउनुपर्छ'

महानायक हमाल भन्छन्, 'एमसीसीबारे नेपाल सरकार र अमेरिकाले  नेपाली जनतालाई प्रष्ट्याउनुपर्छ'

काठमाडौं, २६ भाद्र । 
महानायक राजेश हमालले हाल चर्चामा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे धारणा राखेका छन् ।

महानायक हमालले शुक्रबार राती एक भिडियो फेसबुकमा पोस्ट गर्दै एमसीसीबारे नेपाल सरकार र अमेरिकाले  नेपाली जनतालाई प्रष्ट्याउनुपर्ने धा।ण राखेका छन् । 

नेपाली जनताको भावनालाई चित्त नबुझाईकन गरिएका क्रियाकलापहरु दुरगामी असर पार्ने तथा प्रत्युत्पादक हुने खतरासमेत रहेको बताउदै नेपाली जनताको भावना प्रति संवेदनशिल हुन अमेरिकासँग आग्रह गरेका छन् ।

हमालले नेपालको विगत र वर्तमानको परराष्ट्र नीति असंलग्नता र पञ्चशीलमा आधारित रहेको स्मरण गर्दै नेपाल सबै राष्ट्रसँग मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम गर्ने पक्षमा रहने बताएका छन् ।

"आफ्नो छविप्रति अन्य राष्ट्रका नागरिकहरुको विश्वास दिलाउन र असन्तुष्टिलाई स्पष्ट पार्ने भूमिका हुन्छ । यो भूमिका निर्वाह गर्न अमेरिका तयार हुनुपर्छ । किनकी कुनै राष्ट्र र नागरिकको चाहना र भावना विपरित गरिएको क्रियाकलाप कहिँ पनि सौहार्दपूर्ण हुँदैन।" हमालले भनेका छन् ।

"नेपाली जनतामा एमसीसीले नेपाली सार्वभौमसत्ता र आफ्नो स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको महशुस गर्नुभएको छ । यो स्वाभाविक पनि हो । त्यसकारण राष्ट्रको नागरिकको चाहना, भावना विपरित कुनै क्रियाकलाप गरियो भने त्यसको दीर्घकालिन असर पर्न सक्छ।", हमालले अघि भनेका छन् ।