आमा बनिन् नायिका ऋचा शर्मा

आमा बनिन् नायिका ऋचा शर्मा

काठमाडौं, २३ भदौं । 
केही समयअघि मात्रै कमेडी च्याम्पियनको निर्णायकबाट बिदा लिएकी नायिका ऋचा शर्मा आमा बनेकी छिन् । 

पहिलो सन्तानका रूपमा  ऋचा गएराति छोरालाई जन्म दिएकी हुन् ।

उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमार्फत बधाई दिइएको छ। ऋचा आमा बनेपछि कलाकारहरुले समाजिक सञ्जालमार्फत बधाई दिएका छन् । अभिनेत्री केकी अधिकारीले पनि कमेडी च्याम्पियनको उक्त पोस्ट  सेयर गर्दै बधाई दिएकी छिन् ।

ऋचाले केही समय अघि आयोजित एक कार्यक्रममा आफूले आफ्नो ९ महिनाको गर्भावस्था निकै रमाइलो भएको बताएकी थिइन् ।

ऋचाले दुई वर्ष अघि दिपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन् ।