इन्गेजमेन्टको एक वर्षपछि लगनगाँठो कस्दै रेश्मा

इन्गेजमेन्टको एक वर्षपछि लगनगाँठो कस्दै रेश्मा

१० मंसिर, काठमाडौं। 
नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् ।

रेश्माले गतवर्ष अमेरिकामा अध्ययनरत प्रेमी प्रभात बाबुसँग टीकाटालो गरेकी थिइन् । गत वर्षको मंसिर १८ गते यी दुईबीच इन्गेजमेन्ट भएको थियो ।

इन्गेजमेन्ट एनिभर्सरीकै छेकमा मंसिर १४ गते रेश्मा र प्रभातबीच बिहे हुने भएको छ । प्रभात अमेरिकामा रहेर डाक्टर पढिरहेका छन् भने रेश्मा अहिले नेपाल आइडलको नयाँ सिजनको होस्ट गरिरहेकी छिन् ।

रेश्मा निकट स्रोतका अनुसार उनीहरु १४ गते वैवाहिक जीवनमा बाँधिदैछन् । बिराटनगरमा बिहे कार्यक्रम हुने र काठमाडौंमा बिहे रिसेप्सन आयोजना गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ ।

रेश्मा र प्रभातबीच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरु नजिक भएका थिए । परिवारको सल्लाहमा रेश्मा र प्रभातले बिहे गर्न लागेका हुन् ।