वैवाहिक जीवनमा बाँधिइन् नायिका रेश्मा घिमिरे

वैवाहिक जीवनमा बाँधिइन् नायिका रेश्मा घिमिरे

१४ मंसिर, काठमाडौं ।  
नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । 

अमेरिका बस्दै आएका प्रभात बाबुसँग सोमबार उनको विवाह भएको हो  । यो जोडीले विराटनगरको एक रिसोर्टमा लगनगाठो कसेको हो । 

रेश्माले गत वर्ष प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् । 

रेश्माका श्रीमान्  प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् ।

रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी थिइन् । रेश्माले केही वर्ष अगाडि एक चलचित्रमा काम नगरेकी होइनन् । तर, यो चलचित्र असफल भएपछि रेश्मा मनोरञ्जन क्षेत्रबाट टाढा बसेकी थिइन् । उनले दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।