हाँस्य कलाकार शम्भुराज थापाको निधन

हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौं । 

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

उनको कोरोना संक्रमणका कारण शनिबार बिहान ४ः४० मा निधन भएको हो । ६४ वर्षे थापा झण्डै एक महिनादेखि पाटन अस्पतालमा उपचाररत थिए । 

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । ​चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । 

थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।