निर्देशक सुदर्शनले गरे समाचार वाचिका सुप्रियासँग इन्गेजमेन्ट

निर्देशक सुदर्शनले गरे समाचार वाचिका सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौं, २१ भदौं । 
निर्देशक सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरेका छन् ।

विगत एक बर्ष प्रेममा रहेका सुदर्शन र सुप्रियाले  सोमबार लाजिम्पाटस्थित होटल र्याडिसनमा पारिवारिक माहौलमा इन्गेजमेन्ट गरेका हुन् ।

सुदर्शनको  जन्मदिनको अवसरमा भएको  इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । 

नेपाली फिल्म क्षेत्रका सफल निर्देशक थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसपछि उनले ‘मधुमास, ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत थुप्रै हिट फिल्मका निर्देशक गरेका छन् ।

सुप्रियाले पनि म्युजिक भिडियो अभिनयपछि टेलिभिजनमा काम गर्न थालेकी हुन् । सुप्रिय एपीवान टेलिभिजनकी समाचारवाचिका हुन् ।  सुप्रियाले फिल्म ‘साढे सात’मा समेतअभिनय गरेकी छन् । 

सुदर्शन र सुप्रियालले आउँदो असोज २२ गते हिन्दू परम्परा अनुसार विवाह गर्ने बताइएको छ ।