अभिनेत्री सुष्मा अब गायिका पनि (भिडियोसहित)

अभिनेत्री सुष्मा अब गायिका  पनि (भिडियोसहित)

२३ चैत, काठमाडौं । 
कहिले पोषाक त कहिले भारतीय अभिनेता सलमान खानका बारेमा बोलेर विवादमा आएकी अभिनेत्री सुष्मा कार्की गायिकाको रुपमा पनि प्रस्तुत भएकी छन् । 

गायिका सिने गुरुङको गीत ‘मन’ को कभर भर्सन गाएपछि उनी गायिकाको रुपमा प्रस्तुत भएकी हुन् ।  

सुष्माले गीत गाउँदै गरेको भिडियो समेत बनाएकी छिन् । जसको भिडियो निमा शेर्पा र राजीव थापाले उतारेका हुन् । भिडियोमा सुष्माले शालीन भावमा गीत गाएको देख्न सकिन्छ । 

‘लुट’ मा आइटम डान्सपछि दर्शकको मनमा डेरा जमाउन सफल सुष्मालाई कतिपय भनाइहरु भने ट्रोलको शिकार भएका छन् ।