‘रत्नपार्क’ मार्फत ठूलो पर्दामा अभिनय गर्दै भिटेन

‘रत्नपार्क’ मार्फत ठूलो पर्दामा अभिनय गर्दै भिटेन

काठमाडौं, १८ असोज । 
पछिल्लो समय चलचित्रमा गायकहरुकोे आगमन भैरहेको बेला चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका छन् । भिटेनले ‘रत्नपार्क’ नामक चलचित्रमा अभिनय गर्ने भएका हुन्। 

बुढासुब्बा ओर्जिनलले निर्माण गर्न लागेको यो चलचित्रमा भिटेनले कुन भुमिकामा देखिने छन् भने निर्माण पक्षले खुलाएको छैन् । 

भिटेनले ‘रत्नपार्क’ चलचित्रका लागि १८ लाख रुपैयाँ लिएको बजारमा चर्चा चलेपनि त्यसबारे निर्माण पक्ष र भिटेन दुबैले खुलेर सार्वजनिक गरेका छैनन् । 

र्यापर भिटेन यसअघि बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन् । उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ ।