दीपकराज गिरीको ब्याङ्ग्य: 'छोरो काँग्रेस बनेर आउला भन्ने डर भो'

दीपकराज गिरीको ब्याङ्ग्य:  'छोरो काँग्रेस बनेर आउला भन्ने डर भो'

२२ चैत, काठमाडौं । 
समसामयिक तथा राजनीतिक घटनाक्रममा सामाजिक संजालमा तिखो ब्यङ्ग्य गर्न कलाकार दीपकराज गिरी माहिर छन् ।

चुनाव नजिकिए सँग गाउँगाउँमा भएका राजनीतिक दलमा पार्टी प्रवेशको विषयलाई लिएर उनले सामाजिक सञ्जालमार्फत ब्यङ्ग्य गरेका छन् । 

कलाकार गिरीले छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको  भन्दै ब्यङ्ग्य गरेका हुन्।

"बा ले कॉंग्रेस हूँ भन्नु हुन्थ्यो घरमा एक हुल नेता आएर एमाले बनाइ दिएर गएछन्! सुर्य लाइ भोट हाल्ने मेरी बूढि पधेरो बाट आउदा माओवादी प्रबेश गरि सकिछन्!," दीपकले लेखेका छन्, "छोरो अहिले सम्म घर आको छैन कॉग्रेस बनेर आउला भन्ने डर भो....देशको हालत।"