झापा पुगे भरतमणि, भोट माग्दै फ्यानले निकाले मोटरसाइकल र्‍पाली

झापा पुगे भरतमणि, भोट माग्दै फ्यानले निकाले मोटरसाइकल र्‍पाली

झापा, २१ भदौं ।
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियनका २’ फाइनलिस्ट प्रतियोगी भरतमणि पौडेल झापा पुगेका छन् । 

सोमबार बिहान झापा पुगेको भरतमणीलाई भद्रपुरदेखि बिर्तामोडसम्म उनका समर्थकले भोट माग्दै मोटरसाइकल र्‍पाली निकालेका थिए । 

पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर सबैको मनमा बस्न सफल भरतमणीलाई भोट गर्न अपिल गर्दै उनका समर्थकले  ‘भोट फर भरतमणि’ नारा गुन्जाउदै  र्‍याली निकालेको हुन् ।

काठमाडौंबाट आफ्नो गृहजिल्ला ताप्लेजुङ हिडेका भरतमणीले अबिर, माला र खादाले रंगिएका भरतमणिले अभिवादन गर्दै हात हल्लाएर आफूलाई कमेडी च्याम्पियन बनाउन सबैमा अनुरोध गरेका थिए । बिहान ८ बजेट भद्रपुरबाट सुरु भएको र्याली बिर्तामोड पुगेर एक कार्यक्रम सहित सकिएको थियो ।

मंगलबार बिहान उनी पाँचथर र ताप्लेजुङको सिमानमा राखिएको साँंस्कृतिक कार्यक्रम सहितको स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।