काठमाडौं उपत्यकामा मात्र हल नखोल्ने चलचित्र संघको निर्णय, दशैभरीका हल खुलाउन माग

काठमाडौं उपत्यकामा मात्र हल नखोल्ने चलचित्र संघको निर्णय, दशैभरीका हल खुलाउन माग

काठमाडौं, २३ भदौं । 
चलचित्र हलवालाहरूको छाता संगठन चलचित्र संघले तत्काल हल नखोल्ने निर्णय गरेको छ । 

संघको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा मात्र हल खुलाउदा चलचित्र निर्माताले नयाँ चलचित्र सार्वजनिक गर्न राजी नभएपछि तत्काल हल नखुलाउने निर्णय गरेको जानकारी दिइएको छ ।

शतप्रतिशत दर्शक राख्न पाउनेगरि  देशव्यापी रूपमा हल खोल्न माग राख्दै माग पुरा नभएसम्म उपत्यकाका हलहरू पनि नखोल्ने निर्णय भएको बैठकमा सहभागी स्रोतले जानकारी दियो । 

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अधिकारीहरूको संयुक्त बैठकले गत बिहीबारबाटै फिल्म हल खोल्न अनुमति दिइसकेको छ भने ५० प्रतिशत दर्शक राखेर हल सञ्चालन गर्न काठमाडौं जिल्ला प्रशासनले पत्र जारी गरिसकेको छ ।