सार्वजनिक भयो ‘ए मेरो हजुर ४’ रिलिज मिति

सार्वजनिक भयो ‘ए मेरो हजुर ४’ रिलिज मिति

काठमाडौं, २५ भाद्र । 
अभिनेत्री झरना थापाले निर्देशिन गरेको फिल्म ‘ए मेरो हजुर ४’ रिलिज मिति सार्वजनिक भएको छ । 

यसअघि पटक पटक रिलिज मिति सार्वजनिक भएपनि भदौं १८ गते नै रिलिज हुने भनिएपछि कोरोना संक्रमण पुन बढेपछि फिल्म सार्वजनिकको मिति पछि धकेलीएको थियो । 

निर्देशक  झरना थापाले सामाजिक सञ्जालमार्फत फिल्म  ‘ए मेरो हजुर ४’ आगामी चैत्र २५ गते रिलिज हुने जानकारी दिएकी छन्।

थापाले फिल्मको पोष्टर राख्दै लेखेकी छन्, "बिस्वब्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ४’ पूर्व घोषीत  मिती भाद्र १८ मा रिलिज गर्न सकेनौ ! अब बिस्तारै कोरोना कहर पनि  कम हुँदै गएको साथै नेपाल सरकारले  सिनेमा हलहरु पनि खोल्ने अनुमती दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशावादी छौ !त्यसै अनुरुप हामीले हाम्रो चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेका छौ ।"

उक्त फिल्ममा अनमोल केसी र झरना पुत्री सुहाना थापा मुख्य भूमिकामा रहेका छन् ।