चलचित्र ‘घुइँचो’मा एलिजा अनुबन्धित

चलचित्र ‘घुइँचो’मा एलिजा अनुबन्धित

२ मंसिर, काठमाडौं । 
अभिनेत्री तथा मोडल एलिजा गौतम फिल्म ‘घुइँचो’मा अनुबन्धित भएकी छन् । 

डेब्यू फिल्म ‘अनुराग’ पछि उनले यो फिल्ममा अभिनयको सम्झौता गरेकी हुन् । रामजी दैलेखीको निर्माणमा बन्न लागेको यो फिल्मका लागि उनी मुख्य अभिनेत्रीको भूमिकामा छानिएकी हुन् ।  निर्माता दैलेखी र अभिनेत्री गौतमले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै चलचित्रमा अभिनयका लागि बुधबार सम्झौता गरेका हुन्।

आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएकाले काम गर्न इच्छुक भएको बताइन् । निर्माता दैलेखीले अन्य कलाकार पनि चाँडै फाइनल हुने जानकारी दिए ।

आफ्नै निर्माण अभिनयमा ‘अनुराग’ फिल्म अभिनय गरेकी एलिजाले केही महिना अगाडि फिल्ममा ‘घिन्ताङ’ का लागि पनि छानिएकी थिइन् । तर छायाङ्कन अगाडि निर्माण युनिटसँगको असन्तुष्टिका कारण उनले उक्त चलचित्रबाट हात झिकिन् ।