भारतीय कम्पनीले किन्यो ‘प्रेमगीत ३’ को हिन्दी राइट

भारतीय कम्पनीले किन्यो  ‘प्रेमगीत ३’ को हिन्दी राइट

४ मंसिर, काठमाडौं । 
नेपाली चलचित्र  ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि तयार भएको छ ।

चलचित्रको भारतीय थिएटर राइट्स पनि बिक्री भएको छ । भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले चलचित्रको थिएटर राइट्स चार करोड भारुमा खरिद गरेको जनाइएको छ । 

चलचित्रमा भारतका प्रख्यात डबिङ आर्टिस्टले डबिङ गरेका बताइएको छ । लकडाउनको समयमा निर्देशक तथा निर्माता सन्तोष सेनले मुम्बईमा बसेर चलचित्रको हिन्दी डबिङ कार्यमा सहभागी भएका थिए । 

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको  ‘प्रेम गीत ३’ कोरोना महामारी भन्दा अघि बनेपनि कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन् । 

चलचित्र सकेसम्म नेपाल र भारतमा एकैपटक फिल्म रिलिजबारे पहल गर्ने तर, भारतीय रिलिज ढिलो हुने परिस्थिती आए नेपालमा चाँडो गर्ने तयारी निर्माण पक्षको छ ।