साकारले गरे वर्ल्ड टुर कन्सर्टको घोषणा

साकारले गरे वर्ल्ड टुर कन्सर्टको घोषणा

१६ मंसिर, काठमाडौं । 
'लिटिल बुद्ध' का रुपमा परिचित र्‍यापर साकारले मंसिर १८ मा ुलिटिल बुद्ध लाइभु कन्सर्ट गर्ने भएका छन्। उनले तीन वर्षपछि पहिलो पटक कन्सर्ट गर्न लागेका हुन्।

उनले ‘ड्रागन वर्ल्ड’ एल्बम भर्खर सार्वजनिक गरेका हुन् । केही अगाडि उनले ‘इपी ड्रागर फायर’ नामक एल्बम ल्याएका थिए । ठमेलको सुगर केटिएममा हुने कन्सर्टसँगै साकारले 'वर्ल्ड टुर' को घोषणासमेत गरेका छन्। उनको यो टुरमा र्‍यापर, गायक-गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रका कलाकारहरु सहभागी हुने बताइएको छ।

‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं। हलिउड, बलिउड, के–पप, जापानी मनोरञ्जन उद्योग, युरोप र अमेरिका फेसन हाउससम्म पुग्न लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन्।