फिल्मी शैलीमा गायिका इन्दिराको इन्गेजमेन्ट

फिल्मी शैलीमा गायिका इन्दिराको इन्गेजमेन्ट

काठमाडौं, ९ असोज । 
चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । 

बिहीवार सगरमाथा आधार शिविरमा सुरु भएको एक फेसन शो कार्यक्रममा भाग लिन जाने क्रममा फेसन डिजाइनर शरद केडियाले  खुम्बु पुगेर गायिका इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । 

बिवाह प्रस्ताव इन्दिराले स्वीकार गरेपछि शरदले ‘फिल्मी शैली’ मा घुँडा टेकेर इन्दिरालाई औँठी लगाइदिएका थिए । उक्त  भिडियो क्याप्टेन विवेकले आफ्नो अकाउन्टमा खातामा पोस्ट गरेपछि यो जोडीको इन्गेजमेन्ट भिडियो भाइरल नै बन्यो । 

इन्दिराले सामाजिक सञ्जालमा प्रेमी (शरद केडिया) ले रिङ लगाइदिएको एक तस्विर पोस्ट गर्दै आफूहरु विगत २ वर्षदेखी प्रेममा रहेको जानकारी दिँदै जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने बाचा गरेकी थिइन् । 

उनले लेखेकी थिइन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी दुई वर्षदेखि एकसाथ छौँ र कैयौँ वर्षदेखि एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ ।’ 

‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चिनिएकी इन्दिरालाई फिल्म ‘लुट’ को ‘उध्रेको चोली’ गीतले ठूलो ख्याती दिलाएको थियो । त्यसयता उनले दर्जनौँ लोकप्रिय गीतमा आफ्नो आवाज दिइसकेकी छन् । 

उनले गाएका ‘ठूली’ को म त मर्छु क्या हो’, ‘कथा काठमाण्डू’ को ‘रातको कुरा’, ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’, ‘मुखौटा’ को ‘एक चोटीमा’ जस्ता फिल्मका गीत चर्चित छन् ।