संजीब बराइलीसँग मेलिना राईले गरिन् इन्गेजमेन्ट

संजीब बराइलीसँग मेलिना राईले गरिन् इन्गेजमेन्ट

३ वैशाख, काठमाडौं। 
करिब ५ बर्ष लामो प्रेम सम्बन्धलाई गायिका मेलिना राई सार्वजनिक गरेकी छिन् ।

गायिका मेलिना सञ्जीवसँग विवाह गर्ने तयारीमा रहेको बुझिएको छ । मेलिनाले आफू र सञ्जीवबीच इन्गेजमेन्ट पनि भैसकेको उल्लेख गरेकी छिन् ।

इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा अपलोड गरेर यसबारे जानकारी दिएकी हुन् ।

सञ्जीव चर्चित गितारिस्ट तथा एरेन्जर हुन् । नेपालका चर्चित गितारिस्ट तथा कम्पोजरको रुपमा परिचित सञ्जीवसँग जीवन अगाडि बढाउन पाउँदा आफू उत्साहित रहेको उनले बताएकी छिन् ।