प्रेमी निर्माणसँग गायिका प्रविशाले गरिन इन्गेजमेन्ट

प्रेमी निर्माणसँग गायिका प्रविशाले गरिन इन्गेजमेन्ट

२ मंसिर, काठमाडौं । 
गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी छन् ।

निर्माणसँग इन्गेजमेन्टका लागि प्रविशा झापा पुगेकी थिइन् । गृह जिल्ला झापा चारपाने घर भएका निर्माण लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
 
यो जोडी यही मंसीर ५ गते विवाह बन्धनमा बाँधिन लागेको छ । प्रविशा र निर्माणले आफ्नो परिवार र आफन्तमाझ  विवाह गर्ने जनाइएको छ ।