प्रेमी निर्माणसँग प्रविशाले कसिन लगनगाँठो

प्रेमी निर्माणसँग प्रविशाले कसिन लगनगाँठो

५ मंसिर, काठमाडौं । 
गायिका प्रविशा अधिकारीले लगनगाँठो कसेकी छन् । 

उनले आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग लगनगाँठो कसेकी हुन् । 

प्रविशा र निर्माणले झापाको विर्तामोडको एक पार्टी प्यालेसमा पारिवारिक जमघटमा विवाह गरेका हुन्। उनीहरुको वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रका व्यक्तिको उपस्थिति भने कम छ ।
 
प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए ।

विवाहका लागि प्रविशा निकट केही साथी झापा पुगेका छन् । 

गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् । उनका पति निर्माण अमेरिकामा आईटी  इन्जिनियर हुन्।