गीत गाउँदा गाउँदै राजेशपायलमाथि आक्रमणको प्रयास

गीत गाउँदा गाउँदै राजेशपायलमाथि आक्रमणको प्रयास
तस्विर सौजन्य : रिपब्लिका

१८ पुस, काठमाडौं । 
अमेरिकाको न्यूयोर्कमा गीत गाउँदा गाउँदै गायक राजेश पायल राईमाथि आक्रमणको प्रयास भएको छ ।

अंग्रेजी नयाँ बर्षको स्वागतमा आयोजना गरिएको कार्यक्रममा गीत गाइरहेका राईलाई स्टेजमै गएर एक युवकले पछाडीबाट अंगालो मारेजस्तो गरि घाँटीमा ङ्याक्ने प्रयास गरेका हुन् । लगत्तै ति युवकलाई अरु ब्यक्तिले स्टेजबाट बाहिर लगेका थिए । 

भएको के थियो ?
राईले आफ्नै लयमा  ‘मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ रु’ बोलको गीत गाइरहेका हुन्छन् । एक युवक स्टेजमा चढ्छन्, राजेश आफ्नै धुनमा गीत गाइरहन्छन् । पछाडीबाट आएका ती युवकले राईको घाँटी अठ्याउँछन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा कार्यक्रम स्थलमा उपस्थित दर्शकले पनि उनलाई गीतलाई निरन्तरता दिन अनुरोध गर्छन् । 

‘कसैकसैको मष्तिस्क विग्रन सक्छ’ राजेश भन्छन्,‘कसैले भाइरलका लागि यस्तो हुन्छ ।’ राजेश केही अल्मलिन्छन र आफ्नो प्रस्तुतीलाई निरन्तरता दिन्छन्।