रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन

रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन

काठमाडौं, २५ भाद्र ।

रेडियम ब्याण्डका गायक राजु चौधरीको निधन भएको छ । 

ब्लड क्यान्सरबाट ग्रसित गायक राजुको शुक्रबार  भारतमा उपचारको क्रममा निधन भएको हो । 

गायक स्वप्निलले शर्माका अनुसार बिहीबार राति राजुको रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा निधन भएपछि राजुलाई शुक्रबार डाक्टरले मृत घोषणा गरेका थिए । 

राजुलाई थप उपचारका लागि १० दिनअघि भारतको दिल्लीस्थित बीएलके-म्याक्स अस्पतालमा लगिएको थियो । उनको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक सहयोग संकलन गर्ने अभियान चलाएका गायक स्वप्निलले शर्माले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका थिए । 

उपचारकै क्रममा राजुको मृत्यु भएपछि हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह समेत गरेका छन् ।